
२७ पुस,
दिल्ली । दिल्लीको विपद् व्यवस्थापन प्राधिकरणले सबै नीजि कम्पनी बन्द गर्न आदेश दिएको छ ।
राजधानीमा कोरोना संक्रमण दर बढेपछि विपद् व्यवस्थापनले सबै नीजि कम्पनी बन्द गर्न आदेश दिएको हो ।
व्यवस्थापन प्राधिकरणका अनुसार, आपतकालीन सेवाका लागि भने नीजि कार्यालय खुल्ला हुनेछ । यस्तै छुट श्रेणीमा भएका कार्यालयहरु खुल्ला हुनेछन ।
नीजि कार्यालयलाई ‘वर्क फ्रम होम’ को सल्लाह दिइएको छ । दिल्लीमा सबै रेष्टुरेन्ट र बार पनि बन्द हुनेछन ।






