२ पुस,

बाँके । नेपालगञ्जलाई साक्षर नगर घोषण गरिने अभियान सञ्चलन गरिने भएको छ ।

बिहिबार नेपालगञ्ज उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरि फागुन मसान्त सम्म नेपालगञ्ज नगरलाई साक्षरता नगर घोषणा गरिने तयारी गरिएको जनाएको छ ।

अवको एक साता भित्रमा निरक्षरहरुको तथ्यांक संकलन गरि ४५ दिने साक्षरता कक्षा सञ्चालन गरिने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदिले जानकारी गराए ।

साक्षरता कक्षा सञ्चालनका लागि नगरभित्रका बाल विकास शिक्षकलाई परिचालन गरिने भएको छ । नेपालगन्जमा १५ देखि ६० वर्ष उमेर समूहका हाल करिब १५ हजार निरक्षर रहेको अनुमान गरिएको छ ।

उनीहरुलाई विशेष साक्षरता कक्षा सञ्चालन गरि सुचक पुरा गरेर साक्षर नगर घोषणा गर्ने तयारी गरिएको सुवेदीले बताए ।

साक्षर नगरसँगै बाल विवाहमुक्त नगर घोषणा अभियान पनि सँगसँगै लैजाने तयारी गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख