‘अख्तियार को प्रतिनिधि हु’ भन्दै प्रहरी कर्मचारी लाइसेन्स सेटिङ मिलाउन ट्रायल फिल्डमा आउने गरेको पाइएको छ ।

सवारी साधन चालक अनुमती पत्र लिन ट्रायल समेत पास गर्न पर्ने प्रावधान हुन्छ । उक्त ट्रायलको लागि प्रतिनिधिको रुपमा जिल्ला ट्राफिक प्रहरि कार्यालय र यातायात ब्यवस्था कार्यालयको संयुक्त टोलि प्रतिनिधिको रुपमा बस्ने गर्छ ।

तर, बाँकेमा अचम्मको कुरा के छ भने !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी कर्मचारी खुलेआम हामी “अख्तियारका प्रतिनिधि हौ ।” भन्दै ट्रायल सेन्टरमा बस्ने गरेका छन । जुन अबैधानिक र नियम बिपरित रहेको छ । यातायात कार्यालयको प्रतिनिधि र ट्राफिकको प्रतिनिधि मात्र हुने पर्ने उक्त ट्रायल सेन्टरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरी सिपाही,हवल्दार,असइ सम्मका ब्यक्ती अख्तियारले खटाएको भन्दै दैनिक आउने र आफ्ना मान्छे र हाकिमका मान्छे भन्दै फेल भएका ब्यक्ती लाई पास बनाउने गरेको उच्च स्रोतले बताएको छ । निरिक्षणको लागि अख्तियार खटिन सक्छ तर प्रतिनिधि भन्दै प्रहरी कर्मचारी दैनिक रुपमा डिउटी नै दिदा ती खटिने सादा पोशाकका प्रहरि कर्मचारी माथी ब्यापक प्रश्न उठेको छ ।

यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख बिजय कुमार पौडेल सङ सम्पर्क गर्दा उनी भन्छन “अख्तियारको काम निरीक्षण गर्ने हो । कुनै प्रतिनिधि भन्ने हुदैन । कहिले काहीँ निरीक्षणको लागि पठाउन सकिन्छ तर लाइसेन्स फाटमा अख्तियारको कुनै पनि कर्मचारी प्रतिनिधि हुने ब्यवस्था छैन । यदि त्यस्तो भएको भए म हिजो मात्र कार्यालयमा हाजिर भएको छु ,त्यसैले बुझेर यो प्रथाको अन्त्य गर्छु।” भन्ने उनको भनाइ छ ।

यसरि अख्तियार शाखा प्रमुखले नै प्रतिनिधि पठाउनु जाएज नभएको जिकिर गरे ।तसर्थ अख्तियार को नाम बेच्दै अख्तियार कार्यालयमा खटिएका प्रहरीहरु बाट लाइसेन्स तस्करीमा मिलेमतो हुने गरेको स्रोतको दाबी छ ।

अख्तियार बाँके शाखा प्रमुख पौडेल नया कार्यालय प्रमुख हुन । हिजो मात्र नेपालगन्जमा कार्यभार सम्हालेका छन ।

प्रतिक्रिया

सम्बन्धित ख