
२९ कार्तिक,
बाँके । मेरो प्लानेटले सडक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार २७ गते ट्राफिक चोक देखि बालेगाँउ सम्म सडक सरसफाई गरिइएको हो ।
मेरो प्लानेटद्वारा आयोजित सरसफाइ कार्यक्रम ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सम्पन्न भएको हो ।
“स्वच्छ नेपाल सुन्दर नेपाल” र “हामी नगरे कसले गर्ने” नाराका साथ यस कार्यक्रलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिइने मेरो प्लानेटले जनाएको छ ।
यस कार्यक्रमबाट जनसमुदायमा सरसफाइमा आग्रसरता दिइने जनचेतना फैलाउने काम गरेको छ ।













