
माघ-१५, काठमाडौ,
चोरीको मोटरसाइकल सहित एकजना पक्राउ परेका छन। पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–४ घर भई हाल तारकेश्वर नगरपालिका–८, जरंखु बस्ने ३३ वर्षीय विष्णु तामाङ रहेको प्रहरीले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले बुधबार मनमैजुबाट उनलाई पक्रेको हो । वास्तविक नम्बर प्लेट परिवर्तन गरी मोटरसाइकल चलाइरहेको अवस्थामा उनलाई पक्राउ गरेको र थप अनुसन्धान अघि बढाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।