माघ-१४,बाँके
दुर्लभ बन्यजन्तु रेडपान्डाको छाला सहित ३ जना पक्राउ परेका छन ।
बाकेको कोहलपुर नगपालिका वडा न.१२ चपरगौडी स्थित दैलेखी होटलमा केही दिन अघि देखि कोठा नम्बर ११३ मा बस्दै आईरहेको र विशेष सुचना को आधार मा लुम्बिनी प्रदेशका प्रहरी ब्युरो टोलिले उनीहरुको कोठामा तलासी गर्दा दुर्लभ बन्यजन्तु रेडपान्डाको २ वटा छाला झोलामा लुकाई राखेको अवस्थामा प्रहरीले फेला परेको हो ।

थप अनुसन्धानको लागि सोहि कोठामा बस्दै आईरहेको ३ जना लाई नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय कोहलपुको हिरासत कक्षमा राखि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुर्खेत भेरिगंगा न.पा.१० बस्ने बर्ष ४० को दल बहादुर शाही,जाजरकोट जुनिचादी गा..पा. ११ बस्ने बर्ष २१ को धन बहादुर शाही,सल्यान कुपेन्डेदह न.पा.४ बस्ने बर्ष ३३ को भरत बहादुर पुन रहेको प्रहरीको प्ररम्भिक अनुसन्धान बाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख