१५ असोज,

बाँके । अब देखी नेपालगन्ज उपमहानगरपालिकामा वडा स्तरबाटै राजश्व संकलन गरिने भएको छ ।

हालसम्म नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयबाट राजश्व संकलन कार्य हुदै आइरहेको थियो ।

शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको सूचना प्रविधि तथा विद्युतीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उपमेयर उमा थापा मगरले अबको केही दिनबाट राजश्व संकलनको कार्य वडा कार्यालयबाट हुने सो कुराको जानकारी दिएकी हुन । यसबाट काममा छिटो छरिटोको साथै जनतालाई निकै सहज समेत हुने बताएकी हुन ।

वडा बाट राजश्व संकलन कार्यको लागि आवश्यक इन्टरनेट एवम् इन्टरनेटको जडान कार्य भइसकेको नेपालगञ्ज उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत घनश्याम वर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख