
धनगढी – ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएका युवाहरूलाई धनगढी प्रहरीले पक्राउ गरेको छ । नेकपा ओली समूहले शुक्रबार धनगढीमा गरेको सभा लाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री आउने थाहा पाएपछि युवाहरु भने ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर पुगेका थिए । उनीहरु मध्ये केहीलाई पक्राउ गरिएको एसपी अनुपशम्शेर जबराले जानकारी दिए । प्रधानमन्त्रीको सुरक्षा लाई मध्यनजर गर्दै उनिहरु लाई पक्राउ गरिएको प्रहरीले जनएको छ ।