बर्दिया राष्ट्रिय निकुञ्जमा राती ८ बजे देखि ६ बजे बिहानसम्म यात्रा गर्न प्रतिबन्ध लगाइएको छ।

यस राष्ट्रिय निकुञ्ज भित्र पर्ने पुर्व-पश्चिम राजमार्गको अम्रेनी-कर्णाली चिसापानी सडक खण्डमा विगत केही महिनायता पाटे बाघको अत्याधिक चहलपहल भएकोले राती ८ बजेदेखि विहान ६ बजेसम्म पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न प्रतिबन्ध लगाइएको एक बिज्ञप्ति मार्फत बर्दिया राष्ट्रिय निकुञ्जले बताएको छ ।

केही दिन अघि बाघको आक्रमणबाट मोटरसाइकलमा सवार एकजनाको ज्यान समेत गएकोले यस्ता घटनालाई मध्यनजर गर्दै प्रतिबन्ध लगाइएको समयमा यात्रा नगर्न समेत निकुञ्ज कार्यालयले सर्वसाधारणलाई उक्त बिज्ञपति मार्फत अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख