
५ असोज,
साहस उर्जा लिमिटेड कम्पनीले भोली बुधबार ७० लाख कित्ताको आईपीओ खुलाउने भएको छ ।
साहस उर्जा लिमिटेडले १०० रुपैयाँ अंकित दरले कुल ७० लाख कित्ता निष्कासन गर्ने भएको छ ।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।
कुल कित्तामध्य सामूहिक लगानी कोष र कर्मचारीको लागि छुट्याइएको छ भने बाँकी रहेको ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
यो आइपियोमा आवेदन दिन छिटोमा असोज १० गते र ढिलोमा असोज २० गते सम्मा अवेदन दिन सकिनेछ ।
अवेदेन दिनको लािग नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिने जानकारी दिएको छ ।
यस कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड हुनुको साथै कम्पनीले ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ ।