
राजसस्था र हिन्दु राष्ट्रको माग गर्दै सप्तरी सदरमुकाम राजविराजमा राजावादीले निकाल्न लागेको र्यालीमा अवरोध भएको छ ।सप्तरीको राजबिराज स्थित स्थानीय शिव मन्दिर प्राङ्गणबाट र्याली निकाल्न सुरु गर्नुअघि नै नेकपा, कांग्रेस र जसपाका युवाहरुले अवरोध गरेका हुन् ।
राजा र हिन्दु राष्ट्रको पक्षमा प्ले कार्ड, व्यानर र राष्ट्रिय झण्डा बोकेर र्याली निकाल्न लागेको सूचना पाएपछि त्यहा पुगेका नेकपा तथा जसपाका युवाहरुले ती सामग्री खोसेर आगो लगाएका छन् ।
सप्तरी समाजको अगुवाईमा मंगलबार राजविराजमा राजा र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग राख्दै र्याली निकाल्ने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो ।आफूहरुको र्याली बिथोल्ने प्रयास गर्नु संवैधानिक हकलाई कुण्ठित गर्नु सरह भएको र्याली संयोजक राजेश दासले बताए। अहिले राजविराजमा व्यापकरुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।