
बारामा बन्दुक र गोलीसहित एकजना पक्राउ परेका छन् ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलिले आदर्शकोटवाल गाउँपालिका–४, गंगानगरबाट सिम्रौनगढ नगरपालिका–४, हरियरपुर बस्ने ६१ वर्षीय बद्री सहनीलाई एकथान नलकटुवा बन्दुक र थ्री नट थ्रीको एक राउन्ड गोलीसहित पक्राउ गरेको हो ।
प्रहरीले सहनी सवार बा८प ३८११ नम्बरको स्कुटर जाँच गर्नेक्रममा सिटमुनी लुकाइराखेको उक्त हतियारसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।