१८ कार्तिक,

बाँके । नेपालगञ्ज उप–महानगरपालिकाले सडक सिमा भित्र रहेका टहरा, होर्डिङ बोर्ड र अन्य संरचना १५ दिनभित्र स्वयम हटाउन अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ।

राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने रत्न राजमार्गको विपि चोकदेखि धम्बोजी सम्म दुबै तर्फ फुटपाथ र वृक्षारोपण कार्यक्रमको निर्माण कार्य सुरु हुने भएकाले नालाको बाहिरी किनारबाट ७ फिट भित्र रहेका सबै प्रकारका संरचना हटाउन नगरपालिकाले अनुरोध गरेको हो।

नगरपालिकाले तोकिएको समयभित्र संरचना नहटाइएमा सम्बन्धित कार्यालयले जबरजस्ती हटाउने र त्यस क्रममा हुने क्षति तथा हटाउने खर्च सम्बन्धित व्यक्तिबाटै असुलउपर गरिने चेतावनी पनि दिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५(४) अनुसार यो निर्णय कार्यान्वयनमा ल्याइने बताइएको छ।

उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सबै सरोकारवालालाई समयमा सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख