
बाँकेको जमुनाह चेक पोष्टबाट २९ ग्राम ८०० मिलि ग्राम लागु औषध खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन् ।बबई नगरपालिका वडा २ दाङ् घर भएका वर्ष २४ को दिपक बि.क भारतीय बजार रुपैडिहा बाट नेपालगंज तर्फ पैदल जाँदै गरेका बि.क लाई संका लागि चेक जाँच गर्दा उनको साथबाट २९ ग्राम ८०० मिलि ग्राम खैरो हिरोइन फेला परेको हो। पक्राउ परेका बि.क लाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ।









