
बाँके✍🏼
बाँकेको नेपालगंजमा रहेको ह्यापी आवर गेमिङ्ग क्लबमा ठुलो मात्रामा प्रतिबन्धित भारतिय रुपैंयाको कारोबार भइरहेको र नेपालीलाई प्रतिबन्ध हुदाँ हुदै क्यासिनोमा गेम खेल्न दिइएको विशेष सुचनाको आधारमा बाँके अपडेट मिडियाको पत्रकार उक्त विषय वस्तु रिपोटिङ्ग गर्न जाँदा आफु पत्रकार भएको भनी जानकारी गराउँदा समेत क्यासिनोको गेटमा बाँके अपडेटको पत्रकार माथी दुर्व्यवहार गरी गेट बाट भित्र पस्न प्रतिबन्ध लगाइएको छ। क्यासिनोमा भएको गलत कुराहरु बाहिर आउँछ कि भन्ने डरले बाँके अपडेटका एक पत्रकारलाई भित्र जान रोक लगाएको छ। क्यासिनोको आफ्नो पार्किङ नभएको र पार्किङ मापदण्ड विपरित क्यासिनोको गेट बाहिर पार्किङ गर्ने गरेको पाइएको छ।के क्यासिनोमा पत्रकारलाई रिपोर्टिङ्ग गर्न प्रतिबन्ध नै होत भनि गेटमा खटिएका कर्मचारीलाई प्रश्न सोध्दा पत्रकारलाई भित्र जान प्रतिबन्ध रहेकोले कुनै पनी पत्रकारलाई अनुमति नभएको पनी बताएका छन्।
यस्ता क्यासिनोमा सम्बन्धित निकायको ध्यान जानुपर्छ । पत्रकारलाई स्वतन्त्र पूर्वक क्यासिनो लगायत सम्पुण ठाउमा रिपोटिङ्ग गर्न पाउनु पर्छ।








