
बाके- अनेरास्ववियु जिल्ला कमिटी बाकेले बिद्यालय संचालन गर्दा नेपाल सरकार बाट तोकिएको मापदण्ड पूरा गरेर बिद्यालय संचालन गर्ने कुरामा शिक्षा बिकास तथा सम्वनय इकाइ नेपालगन्ज मार्फत ध्यानाकर्षण गराएको छ ।
जिल्लाका८ वटै स्थानीय तहमा ज्ञापनपत्र दिने गरि आज नेपालगन्ज उपमाहानगरपालिकामा शिक्षा निर्देशिका अनुसार बिधालय संचालन गर्न र बिश्व स्वास्थ्य सङगठनको कोरोना भाइरस विरुद्धको सुरक्षाका मापदण्ड जस्तै भौतिक दुरि , मास्क , सेनिटाइजर , साबुनपानी अदि जस्ता सुरक्षा अपनाउदै पठनपाठन संचालन गर्न अनेरास्ववियू बाँके जोड्दार माग गर्दै ज्ञापनपत्र बुझायको छ ।
उक्त पत्रमा अनेरास्ववियु जिल्ला बाकेका संयोजक सुरेन्द्र जङ्ग शाह (जम्बो) र सह संयोजक टेकेन्द्र मल्ल द्वारा हस्ताक्षर गरियको छ । भने विद्यार्थी नेता अमृत खत्री, राजेश ओलि आदिको उपस्तिथि रहेको थियो ।