
✍ गोविन्द भण्डारी
बाँकेमा अहिले दिनहुँ विभिन्न सवारीसाधनको परीक्षण दैनिक रूपमा चलिरहेको देखिन्छ। ठूलो संख्यामा सवारी चालक अनुमतिपत्र बनाउन यातायात , ड्राइभिङ्ग स्कुलहरुमा भीड भइरहेको छ । सोही अवसरको फाइदा उठाउँदै ट्राफिक प्रहरी, ट्राफिक व्यवस्थापन कार्यालय र यातायात का कर्मचारीहरुको सेटिङ्ग मार्फत दैनिक रुपमा २० देखि ३५ वटा लाइसेन्स सेटिङ हुने गरेको छ । उच्च स्रोतले बाँके अपडेटलाई बताएको छ । मोटर साइकल को लाइसेन्स बनाएको रु १५००० देखी २०,००० तथा चार पाङग्रे साना सवारी साधनको रु २५००० देखी ३५०००/ ४०००० सम्म मान्छे हेरि लिने गरेको पाइएको छ।यो कुनै नया घटना भने हैन तर समन्धित निकाय नै यसरी भ्रष्टाचार र तस्करिमा लिप्त हुदा कस्ले यिनलाई कार्बाहि गर्ने तल देखी माथि सम्म सबैलाई भाग पुगेको छ भन्ने स्रोतले बताएको छ। ट्राफिक प्रहरी र यातायात का कर्मचारीहरु सङ राम्रो सेटिङ बनाएका ड्राइभिङ सेन्टरका मालिकहरु मार्फत उनिहरुले पैसा लिने गरेको सोतको दाबी छ। ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टरका मालिक तथा यातायात कार्यालयका केही कर्मचारीहरु सँगै बसि लाइसेन्स तस्करीको योजना बनाउने र सबै निकायका प्रतिनिधिलाइ लाइन दिएर टाइट छ अहिले सेटिङ भन्दै मोटो रकम असुल्ने गरेको स्रोत को दाबी छ। ट्रायल फेल भए पनी ट्राफिक र यातायात कर्मचारीको सेटिङमा लाइसेन्स प्राप्त गर्ने गरेको उच्च स्रोतको दाबी रहेको छ।बाँकेमा बिगत लामो समय देखि लाइसेन्स तस्करि चलीरहेको छ ।तर तस्करहरुको सेटिङ् को जालो तोड्न भने न अख्तियार ले सकेको छ नत बाँके प्रहरी प्रशासनले सकेको छ। यस्तो सामान्य तस्करहरुको सेटिङ्ग जालो कण्ट्रोल गर्न असफल हुँदा बाँके प्रहरी प्रशासन र अख्तियार माथि प्रश्न चिन्ह उठ्ने गरेको स्रोतको दाबी छ।









