✍ गोविन्द भण्डारी
नेपालगंज मैनापोखहर गुलरिया– बाँके/बर्दियाको सडक स्तरोन्नतिको काम अहिले धमाधम भइरहेको छ। उक्त निर्माण भइरहेको सडकमा पानी नहाली निर्माण भइरहँदा बाटोमा हिडने पैदल यात्री, साइकल यात्री , मोटर साइकल यात्री , उक्त सडकमा काम गर्ने मजदुर र अन्य सवारी साधनमा यात्रा गर्ने यात्रीहरुले धुलोको कारणले ठुलो सास्ती खेप्नु परेको छ। ठेकेदार कम्पनीको लापरवाही ले गर्दा स्कुल जाने विद्यार्थिहरु धुलाम्मे भएर आउने जाने गर्नु परेको विद्यार्थी भाई बहिनीहरुले बताएका छन्। साथै त्यस सडक मा संचालन भइरहेको चिया नास्ता पसलमा तथा होटेलमा पाक्ने खाने कुराहरुमा समेत धुलो को कारण लाग्ने रोगहरुको जोखिम भएको हुँदा त्यस तर्फ कुनैपनी सरोकार बाला निकाएको ध्यान गएको देखिएन । बर्दिया गुलरियाको भादा नदि देखी नेपालगंज सम्म नै निर्माण भइरहेको सडकमा पत्याप्त मात्रामा पानी नहाली दिदा विभिन्न यात्रुहरुले ठुलो सास्ती खेप्नु परेको छ। गुलरिया बाट नेपालगंज जाँदा होस या नेपालगंज बाट गुलरिया जाने यात्रुहरुले एक जोडा कपडा अलगै लिएर हिड्नु पर्ने वाध्यता रहेको छ। किन कि यो सडकमा यात्रा गर्दा धुलो को कारणले यात्रुहरु आफ्नो गन्तव्यमा पुग्ने बेला सम्म धुलाम्मे भएर नचिनिने अवस्थामा पुगेको देख्न सकिन्छ।यो राष्ट्रिय गौरव आयोजना मा पर्ने हुलाकी राजमार्ग को अनुगमन गर्ने निकाय को वेवस्था को कारणले पनी जनताले दुःख पाउनु परेको स्थानिय बासिन्दा ले बताएका छन्। मंसिर २८ गते २०७९ मा कन्ट्रायाक सम्झौता भएर २०७९ पौष २२ गते बाट कामको सुरुवात भएको थियो।पूरा हुने मिति 20८२ पौष २१ सम्म काम सक्ने गरि सर्मा एण्ड कम्पनी प्रा. लि. ले सम्झौता गरेको थियो । तिव्र गति मा काम भइरहँदा जनताको स्वास्थ्य मा प्रतिकुल असर पर्ने गरि बाटोमा चाहिने जति पानि नहालेर उक्त सडकमा उड्ने धुलोले गर्दा अब आउने गर्मि महिनामा रुधा खोकी , हैजा तथा अन्य सरुवा रोगहरुको जोखिम बढ्ने प्रवल सम्भावना देखिन्छ । यस तर्फ अहिले सम्म कुनै पनी निरिक्षण गर्ने निकायको ध्यान नगएको स्थानियले आरोप लगाएका छन्।नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हुलाकी राजमार्ग अन्तर्गत पर्ने नेपालगंज मैनापोखहर गुलरिया– बाँके/बर्दियाको सडक निर्माणको लागि २. ७८ विलियन रकम विनियोजन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख