
२३ माघ,
बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा कार्यरत सब-इन्जिनियर रमिता रावलको निधन भएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका-५ लयाँटी घर भएकी सब-इन्जिनियर रावलको निधन भएको हो ।
उनी लामो समयबाट क्यान्सर रोगबाट पीडित थिइन् । उनलाई पाठेघर र आन्द्राको क्यान्सर थियो । रावलको निधनमा नेपालगन्ज उपमहानगरपालिकाले आज शोक बिदा दिएको छ ।





