काठमाडौं।सोमबार राति नेपाल प्रहरीले काठमाडौंको ज्याठामा रहेको होटल भियानामा छापा मारेको थियो । होटेलको कोठा रोल्पाका लिला डाँगीको नाममा बुकिङ भएको थियो। उत्त बुकिङ भएको होटेलको कोठा नम्बर ६१२ बाट जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ।होटेलको कोठा बुकिङ गरेर जुवा खेल्ने हरु जोरपाटी बस्ने अरुण घिमिरे, काभ्रेपालाञ्चोक घर भएका हरिबोल खनाल, चितवनका दीपक गुरुङ, नुवाकोटका कृष्णबहादुर राई, शंकर शाही, राजु पन्त रुपन्देहीका धनश्याम शर्मा, रोल्पाका लीला डाँगी, बाँकेका मेघनाथ बुचबन्दिया र गोरखाका अर्जुन गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रक्राउ गरेको छ।
जुवाको खालबाट जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १३ लाख ६२ हजार ५ सय रुपैयाँ बरामद गरेको छ।
प्रहरीले छापा मारेको होटेल भने अमला रोक्का को नाममा रहेको पाइएको छ। त्यसो उनी साउन २ गते बरामद भएको ६१ किलो सुन प्रकरणमा प्रतिवादी बनाइएकी व्यक्ति पनी हुन्। सोही सुन प्रकरणमा मुद्दामा उनका श्रीमान् दावा भने पुर्पक्षका क्रममा अहिले रहेका थुनामा छन्।

प्रतिक्रिया

सम्बन्धित ख