११ साउन,

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्याका सम्बन्धमा दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर निर्मला पन्तको दोषी पत्ता लगाई कारबाही गर्न निर्देशन दिए ।

निर्मलाको हत्या भएको ३ वर्ष बितिसक्दा पनि हत्यारा पत्ता नलागेको सन्दर्भमा प्रधानमन्त्रीले चासोपूर्वक दोषी पत्ता लगाउन र कारबाही गर्न निर्देशन दिएका हुन् ।

यद्यपी प्रधानमन्त्री देउवाले गृहमन्त्री र प्रहरी प्रमुखसँग सो प्रकरणमा हालसम्म भएको अनुसन्धानबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, “निर्मला पन्तको हत्या भएको ३ वर्ष पुगेको दिन मैले गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु । चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।”

कञ्चनपुरकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या भएको हिजो साउन १० गते ३ वर्ष पूरा भएको छ ।

विसं २०७५ साउन १० गते विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय उखुबारीमा भेटिएकी थिइन् । जघन्य अपराध भएको ३ वर्ष बित्दासमेत अनुसन्धान निष्कर्षमा पुग्न नसकेको तथा दोषी पत्ता लाग्न सकेको छैन ।

स्रोत : नेपालटेलिभिजन

प्रतिक्रिया

सम्बन्धित ख