
✍ गोविन्द भण्डारी
मिति २०८०/०८/२९ गते अन्दाजी छ बजेको समयमा बाँके जिल्लाको नेपालगंज २ कल्पत्रु होटल नजिकै भारत बाट नेपाल तर्फ भन्सार छली ल्याउदै सरको HR67B1130 नं.को भारतिय नं प्लेटको ट्रक लाई शंकालागी ३० नं. बागेश्वरी गण बाँके बाट स.प्र.ना.उ.विकास भक्त श्रेष्ठको कमाण्डमा खटिएको ३८ जनाको टोलीले चेक जाँच गर्दा उक्त ट्रकमा रहेको सामान (बलाडकेट) सहित ट्रक नियन्त्रणमा लिएको थियो । उक्त ट्रक नियन्त्रणमा लिएको विषयलाई लिएर एकआपसमा विवाद भई सोही स्थानमा सामान पक्षका लगभग १५०/२०० जनाको संख्यामा भेला जम्मा भई बाटो अवरोध गर्न खोजिएको थियो । त्यस लगत्तै जिल्ला प्रहरी कार्यालय बाँके बाट जानकारी प्राप्त हुन साथ तत्काल प्र.नि. हरी बहादुर बि.सी. को कमाण्डमा ५१ जनाको टोली खटिएको थियो। रातको ९:५० बजेको समयमा उक्त सामानहरु उधोग बाणिज्य संघको रोवरमा एकिन गर्ने सहमतीमा उक्त ट्रक र ट्रक भित्रको सामान राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको थियो । व्यापारीहरुको हाइपावर थेग्न नसकेर राजस्व अनुसन्धान कार्यालय कोहलपुरले उक्त ट्रक लाई थप अनुसन्धानको लागि काठमाण्डौ पठाएको कोहलपुर बसपार्क नजिकै रहेको एक कपडा व्यापारीले बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल बाँकेका एसपी रमेश विक्रम शाही बाँके आएदेखी चोरी निकासी र पैठारीलाई हदै सम्म निश्क्रिय पार्न सफल भएको देखिन्छ ।









