
✍ गोविन्द भण्डारी
यहि पौष ८ गते राती ९.३० बजे सशस्त्र प्रहरी बल नेपालले चौलिका चेक पोस्ट बाट प्रज्ञापन पत्र फरक पारी राजस्व अपचलन भएको विशेष सूचनाको आधारमा ट्रकलाई नियन्त्रणमा लिएको थियो ।नियन्त्रणमा लिएर उक्त ट्रकलाई राजस्व अनुसंधान कार्यालय कोहलपुरमा बुझाएर चेक जाँच गर्दा ट्रकमा लोड भएको मालबस्तु र प्रज्ञापन पत्रमा उल्लेख भएको मालबस्तुमा २,८४० kg फरक परेकोले रु ५,३७,३४१ थप राजस्व असुल गरि ट्रक र सामान राजस्व अनुसंधान कार्यालय कोहलपुरबाट फिर्ता भएको जिल्ला प्रशासन कार्यालय बाँकेले बताएको छ ।









