✍ गोविन्द भण्डारी
बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा न. ८ . बेलौरी को कालिका मेलामा खुले आम जुवाको खेल भइरहेको छ।जय कालिका युवा कलबले आयोजना गरेको मेलामा खुलेआम जुवा का खेलहरु भइरहदा नेपाल प्रहरी भने टुलुटुलु हेरेर बसेको देखिन्छ ।बाँके अपडेट मिडिया का रिपोटरले के यो जुवाको खेलहरु खेलाउन नेपाल प्रहरीबाट छुट छ भनेर सोध्ने क्रममा उनै डिउटीमा रहेका प्रहरीले म यहाँको होइन भनेर आफुलाई थाहा नभएको जस्तो गरि हाम्रो टिपोटर टिमसँग अलग भई खेल हेरेर बसेका थिए।।जुवा खेलाउने क्रममा युवाहरु बिच केही समय सम्म विवाद भई झन्डै कुटाकुट को स्तिथि आएको थियो।उक्त मेलामा राखिएका स्टलहरु मध्ये ५०% भन्दा बढी जुवा खेलाउने स्टलहरु राखिएका छन्।

मेला जस्तो सार्वजनिक ठाउँमा खुलेआम मदिरा बेचबिखन तथा सेवन भइरहदा  प्रहरी कार्यालय बाँसगढीलाई यो सब कुराहरुको जानकारी हुँदा समेत कुनै पनी एक्सन लिइएको देखिएन !

प्रतिक्रिया

सम्बन्धित ख