सवारी चालक अनुमति पत्र(लाइसेन्स) बनाउनेहरुको सेटिङ धन्दा धेरै मौलाउन थालेको छ। नेपालगंज, जुम्ला,बुटवल, वीरगञ्ज, जनकपुर, काठमाडौंलगायतका विभिन्न स्थानहरुमा चालक अनुमतिपत्र (लाइसेन्स ) किनबेच हुने गरेको तथ्य खुलासा भएको छ।
यातायात व्यवस्था कार्यालयका कर्मचारी तथा बिचौलिया र ड्राइभिङ सेन्टरका सञ्चालकहरूको मिलेमतोमा सेटिङ मिलाएर लाइसेन्स दिने गरिएको छ । त्यसवापत प्रतिव्यक्ति बाइकको लागि १०- १५, लाइट भ्यान को २० – ३० हजार र अन्य वर्गको लाइसेन्स निकाल्नको लागि ५० हजार रुपियाँसम्म घुस लिने गरिएको बाँके अपडेट मिडियासँग लाइसेन्स बनाउने एक बिचौलिया ले बताएका छन।
त्यसैगरी यातायात व्यवस्था कार्यालय रूपन्देहीबाट, सवारी चालक अनुमति पत्र निकाल्नको लागि मनिस केसी र अभिनाश गैरेले सेटिङमा बिचौलियालाई ५० हजार रकम घुस खुवाई स्मार्ट लाइसेन्स निकाल्न खोजको तथ्य बाहिर आएको छ ।
मनिस केसी र अभिनाश गैरे दुबै जनाको लाइसेन्स रूपन्देही जिल्लामा रहेको यातायात व्यवस्था कार्यालयबाट लिखित र ट्रायल परीक्षामा सहभागी नभएका दुवै जनाले पास गरेको व्यहोरासहित यातायात व्यवस्था विभागमा स्मार्ट कार्ड प्रिन्टका लागि गएको केही दिनमै यो रहस्य बाहिर आएको थियो।
अघिल्लो हप्ताको बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले विशेष सुचनाको आधारमा बानेश्वर मिनभवनस्थित यातायात व्यवस्था विभागमा लाइसेन्स लिन पुगेका केसीलाई विभागको परिसरबाटै पक्राउ गरेको थियो।
अहिले केसीलाई अपराध महाशाखाले थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा बुझाएको छ। बागलुङ नगरपालिका वडा न. ४ घर भएका केसीले लिखित र ट्रायल परिक्षा बिनानै ०१ –११ – ८८९९०१५७ नम्बरको बि वर्गको लाइसेन्स निकाल्नका लागि रूपन्देही जिल्लाका यातायात व्यवस्था कार्यलयका कर्मचारी र बिचौलियालाई रु ५० हजार रुपियाँ रकम घुस दिएर लिखित र ट्रायल परिक्षा पास गरेको दाबी स्रोतले गरेको छ।
यातायात व्यवस्था कार्यलय रूपन्देहीका कर्मचारी , ट्राफिक प्रहरीका कर्मचारी र बिचौलियाहरुको मिलेमतोमा लिखित र ट्रायल परीक्षा नै नदिई धेरैको लाइसेन्स निकाल्ने काम भएको यातायात व्यवस्था विभागका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा विचौलिया र कर्मचारीहरुको सेटिङ छताछुल्ल हुने गरि बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख