प्राध्यापक कृष्ण खनालको गनगन भने शीर्षकलाई राप्रपाका युवा नेता जनक राज पाठकले खण्डन गरेका छन ।
नेता पठकका अनुसार “विद्वान प्राध्यापक कृष्ण खनालले २१ मंसिर २०७७मा कान्तिपुरमा प्रकाशित लेखमा राजसंस्था नेपालमा फर्किय संविधान सिद्दिने,घडिको सुइ उल्टो घुम्ने र प्रतिगामन हुने तर्क राख्नु भयको रहेछ।यसवारे मलाई लागेका केहि कुरा राख्न चाहान्छु।”

१)संसारका थुप्रै विकसित देसमा राजसंस्था संवैधानिक रुपमा रहेको छ।क्यानाडा,अष्ट्रेलिया,जापान,स्पेन लगायत थुप्रै देशमा संवैधानिक राजसंस्था छ।त्यहा घडिको सुइ उल्टो घुमेको छैन।ति देश धेरै धनि सभ्य र प्रजातान्त्रिक छन।यि मध्ये केहि देशमा राजसंस्था कुनै कालखण्डमा फालेको पनि थिय तर राष्ट्रिय एकता र सामाजिक स्थिरताको लागि राजसंस्था नभइ नहुने रहेछ भनि पुनस्र्थापना गरियको हो।मुल कुरो जुनसुकै देशको पनि ऐतिहासिक परिवेस,सामाजिक र जातिय विविधताको स्थिति तथा समाजिक सदभाव कायम गर्ने तथा जनतालाइ निष्पक्षेता को अनुभुति दिलाउन मद्दत गर्ने संस्थाको रुपमा राजसंस्था उपयोग गर्न सके यसले निरन्तरता भित्र गतिसिलता लाइ मद्दत गर्छ र नागरिक हरुलाइ मनोवैज्ञानिक सुरक्षा दिन्छ।यहि कारण थुप्रै देशमा राजसंस्थाले सकारात्मक भुमिका खेलेको छ।
यो यथार्थता लाइ विर्सेर विदेशिभुमि मा गरियको संझौताको अाडमा विदेशी को इसारामा राजसंथा फाल्नु लाइ अग्रगमन देख्ने प्रा.खनाल ले अाफ्नो चिन्तन वारे पुनर्विचार गर्नु पर्छ।अाफ्नो बिचार संग नमिल्ने लाइ प्रतिगामी भनि सन्तोष लिनु बौद्धिक अधिनायकवाद हो।
२)जाहासम्म धर्म निरपेक्षताको प्रश्न हो संसारमा कुनै पनि देश धर्म निरपेक्ष छैन।अाफुलाइ धर्म निरपेक्ष भनि अरुलाइ लेक्चर गर्ने ठुला देशहरु प्रतक्ष्य वा अप्रत्यक्ष रुपमा अाफ्नो धर्म अरु देशमा फैलाउन ठुलो धनराशि खर्च गर्छन के यो धर्म निरपेक्षता हो?यो कुरा प्रा.खनाल जस्ता प्रखर वुद्दिजिवि लाइ थाहा नभयको होइन।नेपाल १८० करोड वौद्द मार्गि र हिन्दुहरुको तिर्थस्थल हो।यो तिर्थस्थलको हिन्दु पहिचान कायम गर्दै सवै धर्मलाइ समभाव ले व्यवहार गर्नु पर्छ भन्नु कसरि प्रतिगमि भयो ?वेलायतका भूतपूर्व प्रधानमन्त्री डेभिड केमरोन ले एकपटक भनेका थिय हामि इसाई राष्ट्र हौ र यस्मा मलाइ गर्व छ।केमरोन को यो भनाइलाइ प्रा.खनाल जस्ता वुद्दिजिवि ले थपडि वजायर स्विकार गर्छन तर नेपालको पहिचान हिन्दुराष्ट्र हुनु पर्यो भन्दा किन पेट पोल्ने?
सायद प्रा.खनाल लाइ थाहा होला स्व.भूतपूर्व प्रधानमन्त्री शुसिल कोइरालाले हाम्रो संविधानमा हिन्दुराष्ट्र कसरि हटाइयो भन्ने वारे अाफुलाइ थाहासम्म नभयको वताउनु भयको थियो।स्पष्ट छ:धर्म निरपेक्षताको नाममा नेपालमा ईसाइकरण को अभियान लाइ बढाउने ठुलो खेलो नेपालमा चलेको छ।यसलाइ प्रा.खनाल जस्तो बौद्धिक व्यक्ति ले नवुझ्नु अाश्चर्यजनक छ।
३)प्रा.खनाल संवैधानिक दुर्घटनाको कुरा गर्नु हुन्छ यो अरुलाइ तर्साउने बौद्धिक हौवा हो।यो संविधानमा थुप्रै राम्रा वुदाहरु छन।तिनिहरुलाइ बचायर धर्म सापेक्षता र संवैधानिक राजसंस्था स्थापनाको पक्षमा संविधान संसोधिन गर्नु संविधान लाइ नेपाली परिवेसमा वलियो वनाउनु हो।
४)१२ वुदे सहमतिमा नेपाल लाइ धर्म निरपेक्ष राष्ट्र वनाउने कतै उल्लेख छैन।निरंकुश राजतन्त्र मात्र मान्दैनौं भनेको छ संवैधानिक राजसंस्था हटाउने भनेको छैन।कथित जनअान्दोलनकै मागमा पनि नभयको कुरा नेपालमा बिदेशी धर्मावलम्बी हरुको स्वार्थमा थोपरियको यथार्थलाइ अग्रगमन देख्ने प्रा.खनाल को चिन्तनमा पुनर्विचार गर्न मेरो अनुरोध छ।
५)तपाईंको अर्को लेखमा मैले यहा उठायका प्रश्न हरु वारे बिचार गर्नुहोस।बिचारको अादान-प्रदान ले सत्य र तथ्य तिर पुग्न मद्दत गर्छ।पढाउने शिक्षक,गुरु हरु कैले,कैले पट्टा लगायको घोडा जस्तो एकोहोरो र अाफुमात्र ठिक भन्ने घमण्ड मनस्थिति वाट ग्रसित हुन सक्छन।यो तथ्यलाइ हामिले विर्सन हुदैन ।”

प्रतिक्रिया

सम्बन्धित ख