
२७ असार,
बाँकेको नेपालगंञ्जस्थित पुष्पलाल चोकमा रहेको राप्ती गेष्ट हाउसबाट संरक्षित रेडपाण्डाको छाला र भालुको पित्त सहित ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
बाँके प्रहरीका अनुसार, २६ गते शनिवार साँझको समयमा जिल्ला बाँके नेपालगंज उप–महानगरपालिका वडा नं. १ पुष्पलाल चोक स्थितमा रहेको राप्ती गेष्ट हाउस भित्र संरक्षित वन्यजन्तुका रेडपाण्डाको छाला र भालुको पित्त सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सूचनाको आधारमा गेष्ट हाउस भित्र कारोबार भईरहेको भन्ने थाहा पाएपछि तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ बाट खटिएको अनुसन्धान समुह तथा यस जिल्ला प्रहरी कार्यालय बाँके बाट खटिएको संयुक्त प्रहरी टोलीले गएरातको शनिवार अं.०८ः४० बजेको समयमा उक्त राप्ती गेष्ट हाउसमा तलासी लिने क्रममा सो होटलको भुईतलामा रहेको कोठा नं.१० मा रहेका निजहरुलाई प्रहरी प्रक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा, जिल्ला दाङ घोराही उप–महानगरपालिका वडा नं.४ वस्ने वर्ष ४९ को भक्त बहादुर पुन, ऐ.ऐ. वर्ष ४१ को केशव पुन र ऐ. शान्तीनगर गा.पा. वडा १ वस्ने वर्ष २९ को रोबिन बुढा लाई फेला पारी प्रक्राउ परेका हुन् ।
निजहरुलाई खोज तलासी गर्दा बसेको खाट माथी रहेको क्ध्क्ष्क्क् न्भ्ब्च् लेखेको कालो झोलामा रहेको सेतो कपडा भित्र संरक्षित रेडपाण्डा (हाब्रे) को छाला थान १, सोही खाटको सिरानी मुनी प्लाष्टिक भित्र रहेको चार (४) वटा भालुको पित्त जस्तो देखिने वस्तु फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको हो ।
प्रहरीले थप अनुसन्धान भईरहेको जानकारी दिएको छ ।