
असार-२३,बाँके
✍️बिजय काफ्ले
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्षले एक पत्रकार लाई अश्लील गाली गर्दै र कुटपिट गर्ने धम्की दिएका छन ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्कीले पत्रकार मनोज तमोलि लाई व्यापक अश्लील शव्द प्रयोग गर्दै कुटपिट गर्ने सम्मको धम्की दिएको भिडियो रेकर्ड बाँके अपडेट लाई प्राप्त भएको छ ।
पत्रकार तमोलीका अनुसार “वडा अध्यक्ष कार्कीले कार्मचारी र ठेकेदार सङ जाड खाएको भिडियो मैले अघिल्लो दिन खिचेको थिय ।अध्यक्षले अर्को दिन भिडियो बनेको थाह पायपछी एक होटलमा जम्माभेट हुदा आमा बुवा सम्मको गाली गर्दै; भने तेरो बङ्गरा झर्दिन्छु,जहाँ बढी बोल्छ्स त्यही कुट्छु….म…मा….मु….. जस्ता सुन्नै नसकिने शब्द भन्दै थर्काउन लागे । जुन म संग शब्द बोलेका छन त्यो रेकर्ड सुरक्षित छ् । र सङै रहेका ठेकेदारले म माथि हातपात गरेको” बताएका छन ।
वडा अध्यक्ष कार्कीको वडामा जनप्रतिनिधि देखि कर्मचारीको मनोमानी रहेको भिडियो कार्यक्रम हाम्रो निगरानी मार्फत प्रस्तुत गरिसकेका छौ । आफ्नै श्रीमती लाई कुटपिट गरेको देखि पत्रकार लाई धम्मकाउदै कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिदै बारम्बार यस्तै विभिन्न कारण बाट विवादमा आउने अध्यक्ष हुन ।
तर वडा अध्यक्ष कार्कीका अनुसार ” मैले हात पात गरेको छैन , कार्यालय समय देखि बाहिर मेरो ब्यक्तिगत जिबनको फोटो किन खिचेको भन्दै केही फोहोर शव्द बोलेको होला अरु मलाई केही थाह छैन । भन्दै म….मा….मु …जस्ता शव्दहरु हामिलाइ सामन्य बोली भन्दै फोन काटिदिन्छन ।
यसरी समाचार संकलनको बिषयलाई लिएर कसैले हातपात गर्छ , तथानाम गाली गर्छन भने त्यस्ता ब्यक्ति जुनसुकै पद हैसियत को रहेता पनि कानुनी दायरामा ल्याइ कार्बाही हुनु जरुरी छ ।
र पत्रकारको स्वतन्त्रता अधिकार सुनिस्चित गर्न सम्पूर्ण निकाय चनाखो हुनु आवश्यक छ ।