३१ जेठ,

बर्दिया । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बर्दियाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

यातायातमा विद्यार्थीहरुले पाउने ४५ % रकम छुट कार्यान्वयन र निजि स्कुलहरुले सिट क्षमता भन्दा बढि विद्यार्थीहरु राखेको भन्दै यस्ता समस्याहरू ७ दिनभित्र समाधान गर्नुपर्ने माग राख्दै अनेरास्ववियु बर्दिया जिल्ला कमिटिद्वारा जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाईएको हो ।

“विगत लामो समयदेखि विद्यार्थी हकहितका लागी समर्पित हाम्रो गौरवशाली संगठन अनेरास्ववियुले शैक्षिक, राजनैतिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको सर्वव्यापित नै छ । यसै सन्दर्भमा अनेरास्ववियुको गौरवपूर्ण वलिदानीबाट प्राप्त विद्यार्थीका लागी सार्वजनिक यातायातमा ४५ % छुट गरेको कुरा जगजाएर नै छ । यस बर्दिया जिल्लामा विद्यार्थीहरुले प्राप्त गर्ने उक्त ४५ % यातायात छुट सुविधा नभएको र निजी / संस्थागत विद्यालयहरुले यातायात साधनमा क्षमता भन्दा बढी विद्यार्थीहरुलाई ओसारप्रसार गरिरहेको पाईएको हुँदा हाम्रो यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त यातायात छुट सुविधा तथा निजी विद्यालयहरुको यातायातमा सिट क्षमता अनुरुप विद्यार्थी ओसाप्रसारको व्यवस्थालाई ७ दिन भित्र अविलम्ब लागु गर्नका लागी सम्बन्धित सबैमा आग्रह गर्दछौं । अन्यथा हाम्रो संगठन चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछ र उक्त आन्दोलनबाट हुने प्रतिफलको जिम्मेवार यातायात प्रा.ली र निजी विद्यालयहरु स्वयं हुनेछन् ।” विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख