
बाके-: कोहलपुर जेसिज वर्ष २०२१ को अध्यक्षमा राम प्रसाद पाण्डेय चयन भएका छन ।
शनिबार सम्पन्न जेसिजको १३ औं शाखा अधिवेशनबाट पाण्डे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा हरिकृष्ण आचार्य, विक्रम भुषालचयन भएका छन् भने उपाध्यक्षमा मञ्जु भण्डारी, गणेश विष्ट, दिपेन्द्र कठायत र कृतिका आचार्य भएका छन । त्यस्तै महासचिवमा इश्वरी प्रसाद शर्मा, कानुनी सल्लहाकारमा राज कुमार पौडेल, र कोषाध्यक्षमा धुब्र आचार्य निर्बाचित भयका छन ।
उक्त कार्यक्रममा कोहलपुर जेसीज वर्ष २०२० का अध्यक्ष संगम खनाल, बिष्णु बेलबासे आदि ब्यक्तिहरुले मन्तव्य राखेका थिय ।
कोहलपुर जेसीज वर्ष २०२१का अध्यक्ष राम प्रसाद पाण्डेयले कोरोनाका कारण केही असहज परिस्थिति भयतापनि आफू सधै समाज सेवामा तत्पर रहने कुरामा सबैमा जानकारी दिएका थिए ।
कोहलपुर जेसीज २०२०का अध्यक्ष संगम खनालको सभापतित्वमा कार्यक्रम सप्पन्न भयको थियो ।