
१६ बैशाख,
बाँके । फरार प्रतिवादी पक्राउ गर्ने विशेष अप्रेशन अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा संलग्न ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
बाँके जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी कारवाहीका लागि सम्मानित बाँके जिल्ला अदालतमा बुझाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दीपक पातलीका अनुसार फरार प्रतिवादी विरुद्धको कारवाहीलाई थप तीव्र बनाइने र यस्ता अभियान निरन्तर सञ्चालन गरिनेछ।








