१५ बैशाख,

बाँके — कोहलपुर नगरपालिकाले समुदाय स्तरमै रोग पहिचान तथा उपचारलाई प्रभावकारी बनाउने उद्देश्यसहित “स्वास्थ्य शिविर कार्यक्रम २०८३” सञ्चालन गर्ने भएको छ। नगरपालिकाले सुशील कोईराला प्रखर क्यान्सर अस्पताल लगायत अन्य अस्पतालहरूको प्राविधिक तथा विशेषज्ञ सहयोगमा शिविर सञ्चालन गर्न लागेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

नगर प्रमुख आचार्यका अनुसार ३० वर्ष माथिका नागरिकलाई लक्षित गरी शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा स्क्रीनिङ्ग सेवा उपलब्ध गराइनेछ। शिविरमार्फत उच्च रक्तचाप, मधुमेह, मुटुरोग, स्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मृगौला, थाइराइड तथा बाथरोगजस्ता नसर्ने रोगको जाँच गरिनेछ। साथै स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य स्त्रीरोगसम्बन्धी क्यान्सरको समेत परीक्षण गरिने जानकारी दिइएको छ।

विशेषज्ञ डाक्टरहरूको टोलीद्वारा निःशुल्क स्क्रीनिङ्ग सेवा प्रदान गरिनेछ भने भिडियो एक्स–रे र आवश्यक औषधी वितरणसमेत निःशुल्क गरिनेछ।

शिविर बैशाख १७ गतेदेखि सुरु भई जेष्ठ ३० गतेसम्म कोहलपुर नगरपालिकाका विभिन्न वडामा सञ्चालन हुनेछ। हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा उपलब्ध हुनेछ।

यस्तो छ कार्यक्रम तालिका !

बैशाख १७ गते – नगर स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा नं. १५

बैशाख १८ गते – आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. १४

बैशाख २० गते – श्री नेपाल राष्ट्रिय मा.वि., खडकवार (वडा नं. १३)

बैशाख २२ गते – आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. १२

बैशाख २६ गते – आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. ९

बैशाख २९ गते – आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. १०

जेष्ठ १ गते – आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. ८

जेष्ठ २ गते – वडा कार्यालय, वडा नं. ७

जेष्ठ ८ गते – आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. ६

जेष्ठ ९ गते – आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. ५

जेष्ठ १५ गते – रझेना स्वास्थ्य चौकी, वडा नं. ४

जेष्ठ १६ गते – आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. ३

जेष्ठ २० गते – आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. २

जेष्ठ २३ गते – श्री कृष्ण मा.वि., वडा नं. १

जेष्ठ ३० गते – कोहलपुर नगर अस्पताल, वडा नं. ११

प्रतिक्रिया

सम्बन्धित ख