
१८ जेठ,
बाँके । अत्यधिक गर्मी भएको कारण नेपालगंज उपमहानगरपालिका अन्तर्गत संचालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको छ ।
शिक्षा, युवा तथा खेलकुद महाशाखा नेपालगञ्ज बाँकेले बिहीबार एक सूचना प्रकाशित गर्दै अत्यधिक गर्मी भएका कारण पठनपाठनम कठिनाई भएको हुँदा ३ दिन गर्मी बिदा दिएको हो ।
पालिकाका अनुसार यही जेठ २१ गते आईतबार देखि २३ गते मंगलबार सम्म गर्मी बिदा हुने सूचनामा उल्लेख गरिएको छ। उक्त बिदा वर्षे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा गर्न पालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा पलिकाले अनुरोध गरेको छ ।
सूचनामा हेर्नुहोस्।







