
१२ जेठ,
बर्दिया । बर्दियाको मैनापोखरमा भन्सार छलीको सामान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दिया र प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गा.पा.वडा नं.२ फुटाहा स्थित भारतबाट अवैध रूपमा भन्सार छली, चोरी निकासी/पैठारी गरी नेपाल भित्र्याइ बाटो छेउमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
प्रहरीका अनुसार, अ.मुल्य रू. ४५७७०।- (अक्षरेपी पैतालिस हजार सात सय सत्तरी मात्र) मुल्य बराबरको युरिया मल,भेली र DEW लगाएतका सामानहरु बेवारिसे अवस्थामा फेलापारी कानुनबमोजिम रितपुर्वक बरामद गरिएको हो ।
उक्त सामानहरु आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय,गुलरिया, बर्दिया पठाईएको प्रहरीले जनाएको छ।





