बाके-: नेपालगन्जमा आज राजाबादी तथा हिन्दु बादिहरुको विभिन्न सङ,संगठन तथा पार्टीको सहभागीतामा बृहत शक्ति प्रदशन गर्न लागेको हो ।

कार्यक्रममा नेपालगन्जका मेयर डा.धवल शमशेर राणा समेत सहभागी हुने स्रोतले जनायको छ । उक्त कार्यक्रम पश्चिम क्षेत्र कै ठूलो कार्यक्रम वा र्याली रहने आयोजक मध्यका एक हुकुम केसि ले जनायका छन ।
सो र्यालीमा काठमाडौ,सुर्खेत,कैलाली,बर्दिया आदि जिल्ला बाट स्वस्फुर्त रुपमा आयको स्रोतको दाबी छ । विभिन्न ठाउँ बाट व्यापक जन सहभागीता रहने कोहलपुर का अभियान्ता युवराज शाहीले बताए
अर्का अभियान्ता अर्जुन जंग शाह ले समेत ,” पार्टी र सिद्धांत जे जस्तो भयता पनि राजा र हिन्दुराष्ट्रको लागि खुलेर लड्ने छु ” भन्ने उहाको भनाइ छ ।

कुनै पार्टीको झण्डा नरहने , राष्ट्रिय झण्डा मुनि कार्यक्रम संचालन हुने आयोजकले जनायको छ।

नेपालगन्जमा शक्ति प्रदर्शनका लागि आयोजना गरिएको र्‍याली बागेश्वरी मन्दिर पार्कबाट  ११ बजे बाट सुरु भई सेतुविक चोक, पुष्पलाल चोक, विरेन्द्र चोक, विपी चोक, गणेशमान चोक, चारबाहिनी, भेरी अस्पताल चोक, त्रिभूवन चोक, त्रिवेणी मोड, घरबारी टोल हुँदै विरेन्द्र चोकमा पुगेर समापन हुने स्रोतले जनायको छ ।

प्रतिक्रिया

सम्बन्धित ख