७ मंसिर,
बाँके — बाँके निर्वाचन क्षेत्र नम्बर २ (२) मा जनता समाजवादी पार्टीका आदेशकुमार अग्रवाल विजयी भएका छन् । ८ हजार २ सय ४६ मत ल्याएर अग्रवाल विजयी भएका हुन् । आधिकारिक घोषणा हुन बाँकी छ ।

अग्रवालका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका निरक गुरुङले ६ हजार ७०९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका सुरेन्द्रबहादुर हमालले ६ हजार २४७ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

अग्रवाल माओवादी त्यागेर निर्वाचनकै दिन जसपा प्रवेश गरेका थिए । क्षेत्र नं. २ मा ४७ हजार ४ सय ९६ जना मतदाता रहेका छन्। जसमा ३५ हजार ५सय ९५ मत खसेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख