
जेष्ठ-३१,बाँके ।
बाँकेमा जारि निषेधाज्ञा फेरि एक हप्ता थप्न सकिने बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले बाँके अपडेट लाई बताएका छन ।
निषेधाज्ञाको मोडालिटी केही परिवर्तन हुन सक्ने र जारि निषेधाज्ञालाई लम्ब्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।
कोरोनाको हटस्पट बनेको बाँके जिल्लामा पछिल्लो समय निकै कमि आएता पनि संक्रमित मर्नेको संख्या र नया संक्रमीत थपिने क्रम भने रोकिएको छैन ।
जिल्लामा जारी निषेधाज्ञाको खासै प्रभाबकरिता नभएको र सुस्त प्रशासन भएको भन्दै जन गुनासो व्यापक मात्रामा सामाजिक संजालमा देखिने गरेको छ ।