जेष्ठ-१८,बाँके ।
✍️बिजय काफ्ले

ठूलो परिमाणमा लागु औषध कोरोक्स जिल्ला प्रहरि कार्यालय बाँकेले करिब एक हप्ता अघि पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेको करिब एक हप्ता भैसक्दा समेत पक्राउ गरेको कुरा समेत सार्बजनिक गरेको छैन । न त पक्राउ गरेको बिषयमा आधिकारिक धारणा नै राखेको छ ।

स्रोतका अनुसार एक ब्यक्तीबाट करिब १०७ थान कोरेक्स बरामद गरेको थियो भने सोही पक्राउ पर्ने ब्यक्तीले त्यो लागू औषध आफ्नो नभको भन्दै एक मन्सुर नामक ब्यक्तीको रहेको भनी आरोप लगायपछी अर्को ब्यक्तिलाइ प्रहरिले आरोपको आधारमा पक्राउ गरेको छ । आरोप लागेका ब्यक्ती विभिन्न अपराधीक क्रियाकलापमा समेत सक्रिय रहेको स्रोतले जनाएको छ ।

भारतमा विभिन्न अपराधीक घटना घटाइ करिब ४/५ बर्ष पहिले नेपाल बस्दै आएका मन्सुर भनिने ब्यक्तीको भारतीय र नेपालि नगरिकता समेत रहेको स्रोतको भनाइ छ । तर प्रहरिले यस बिषयमा जानकार हुदा समेत सचो पुर्बक अनुसन्धान नगरेको र पक्राउ परेका ब्यक्ती समेत सार्वजनिक नहुनु मा प्रहरीको मिलेमतो हुन सक्ने आकलन गर्न सकिन्छ ।

पक्राउ गरिका मन्सुर भनुने ब्यक्ति र प्रहरिको घुमुवा बिच राम्रो हिमचीम समेत रहेको जानकारहरु बताउछन । उक्त मन्सुर भनिने ब्यक्ती भारत बाट विभिन्न सामानको तस्करीमा सक्रिय रहेता पनि प्रहरी लाई मासिक लाइन भनेर दिएकाले उनलाई प्रहरीले पक्राउ मात्र नभइ अनुसन्धान गर्न नै गारो बिषय रहेको थियो । बाँकेमा SP ओम रानाले कार्यसम्पादनमा सहज हुने भन्दै घुमुवा रखेता पनि घुमुवाहरु दैनिक नेपालगन्ज हुँदै जाने करोडौको अबैध कपडा ब्यापारी,सुर्ती,चिनी,क्रसर र अबैध खोला उत्खनन गर्ने आदि ब्यापारि बाट पैसा उठाउन खटिएका छन । जिल्लाका एक घुमुवाले एक ब्यापारि सङ Sp को साथ रहेको र sp लाई मासिक १० लाख दिन पर्ने भन्दै एक व्यापारी सङ पैसाको बार्गेनिङ गरेको अडियो रेकर्ड हामी सङ सुरक्षित छ ।

हाम्रो स्रोतका अनुसार जिल्ला प्रहरी बाट मुद्दा बाहिर नआएकाले उक्त मुद्दा मिल्न सक्ने तर पैसा धेरै लाग्ने भन्दै प्रहरीले नै बार्गेनिङ गरेको स्रोतको भनाइ छ । यसरी लागुऔषधमा प्रहरीको मिलेमतो झझल्किने गरि अनुसन्धान गरिनु र स्रोतको अनुसार पैसाको बार्गेनिङ गरेको भन्ने बिषयमा जिल्ला प्रहरि कार्यालय बाँकेका प्रमुख Sp ओम बहादुर राना सहित सम्लग्न सम्पुर्ण प्रहरी अधिकारी लाई नै कानुनी दायरामा ल्याइ अनुसन्धान हुनु जरुरी छ ।

Sp राना रसुवामा डीएसपी हुँदा रक्तचन्दन तस्करीमा मुछिएर कारबाहीमा परेका प्रहरी अधिकारी हुन । उनी सँगै यही तस्करीमा मुछिएका नेपाली सेनाका कर्णेल राम्जी थापाको जागीर गए पनि रानालाइ नैसियत दिएर नेताको दबाबमा जोगाईएको थियो । उनै एसपी राना शक्ती केन्द्रको आड भरोसामा बाँकेमा सरुवा भइ आएका हुन ।

प्रतिक्रिया

सम्बन्धित ख