
जेष्ठ-१७,बाँके ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन । आज जारी लुम्बिनी प्रदेशको राष्ट्रिय सभाको मतदान आफ्नो प्रथामिकतामा नपरेको भन्दै उनले यस्तो निर्णय गरेको बताए ।
स्थानीय निकायको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपालगन्ज उपमहानगर पालिकामा मेयर निर्वाचित राणाले आफ्नो आधिकारिक सामाजिक संजाल फेसबुक मार्फत जनाएका छन । मेयर राणाका अनुसार अहिले कोरोना प्रास्त गर्न लागि पर्ने र काङ्ग्रेस,एमाले र माओवादिको स्वार्थबदि जुधाइमा नपर्ने भन्दै मतदान नगर्ने निर्णय गरेको जनाएका छन ।
मेयर राणा यस्तो लेख्छन फेसबुकमा (जस्ताको त्यस्तै):-
“आजहुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन। मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासंग जुध्ने रहेकोले काग्रेस,एमाले र माओवादीको यो अबस्थामा भईरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु,धन्यवाद!!”