जेष्ठ-१३,बाँके ।

एक कोरोना संक्रमित अस्पताल र स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तहरुले स्वास्थ्यकर्मीहरुलाई लखेट्दै कुटपिट गरेका छन ।

मेसु प्राकाश थापाका अनुसार दाङका गम्भीर अवस्थाका एकजना विरामीलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरेका थिए । उनको उपचारका क्रममा मृत्यु भयो । सोही बिषय लाई लिएर विरामीका आफन्तहरुले भेन्टिलेटरमा राखेर विरामी मारेको भन्दै,आईसीयू डिउटीमा खटिएका चिकित्सक र नर्समाथि हातपात गरेका थिए । ज्यान जोगाउन ४ जना नर्स अस्पतालको २ तलामाथिबाट समेत हाम फालेका थिए ।

स्वास्थ्यकर्मीहरुको भागाभाग भएर अहिले सबै अस्पताल बाहिर बसिरहेको मेसु थापाले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख