१३ वैशाख,

बाँके अपडेट : सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका प्रिन्सिपललाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बाँके अपडेटलाई जानकारी दिएका हुन्।

पोखरेलका अनुसार कोरोना संक्रमण भयावह फैलिरहेको बेला सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु सबै वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । पटक–पटक सम्झाउँदा पनि यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको उनले बताएका छन्।

सोमबार बिहान प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुखसहितको टोलीले अटेर गर्ने विद्यालयका सञ्चालकहरु सबैलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणामा लिएकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । उनीहरुविरुद्ध कस्तो कदम चाल्ने भन्ने विषयमा आजै हुने बैठकले निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख