बैशाक-८,बाँके।
✍️बिजय काफ्ले

तस्करी भैरहेको भिडियो सहित सार्बजनिक भइसक्दा प्रहरी र प्रशासन मुखदर्शक भएका छन  ।

गत चैत्र महिनाको तेस्रो साता बाँके अपडेट मिडिया लाई नेपालगन्ज क्षेत्रमा तस्करी भैरहेको बिषेश सूचना आउन साथ करिब रातीको १२:३० बजे बाँके अपडेट मिडिया टिम उक्त तस्करी भइरहेको स्थानमा पुग्छ।

सोही दिन राती १२:३० बजे तिर २ ओटा अटोमा विभिन्न खालका कपडा,सुर्ती,किराना सामान आदिको करिब ७/८ लाख बराबरको समान ल्याएको र एक अटो हामी पुग्न साथ भागेको र एक अटोमा रहेको सम्पुर्ण सामन सहितको तस्करी गर्ने महिलाको गिरोह सहितको दृष्य Banke Update अन्लाईन च्यानल मार्फत प्रस्तुत गरेका थियौ ।

उक्त क्षेत्र बाट दैनिक लाखौको सामान तस्करी भएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले नदेखेको भने हैन । स्रोतका अनुसार सेटिङ नमिल्दा पक्राउ गर्ने र मिले पछि खुले आम तस्करी हुन दिने गरेको एक ब्यापारी नाम नबताउने सर्तमा बताउछन ।

उक्त तस्करी भइरहेको कुराको जानकारी शसस्त्र प्रहरी ३० नम्बर गणका Sp अशोक बम, जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला प्रशासन तत्कालीन प्रमुख राम बहादुर कुरुवाङ लाई गराउन समेत न त कुनै तस्करी लाई पक्राउ गरियो ; न त कुनै खोज अनुसन्धान नै गरिएको छ ।

उक्त तस्करीको भइरहेको समयमा प्रहरी लाइ फोन गर्दा प्रहरीले आलटाल गर्दै प्रहरी समन्धित स्थानमा विभिन्न बहाना बनाउदै प्रहरि आइपुग्दैन ।

उक्त भिडियो मै तस्करीमा संलग्न महिलाहरुले भनेका छन  कि “हामिले नेपाल प्रहरी र शसस्त्र प्रहरीका घुमुवा लाई मसिक रुपमा पैसा दिन्छौ र डिउटीमा खटिने प्रहरीलाई ३/४ सय दिएर मात्र सामान ल्याउछौ”

यसरी प्रहरी माथी ठाडो तस्करीको आरोप लाग्दा समेत दुबै  संगठन तै चुप मै चुपको अबस्थामा देखिन्छन । न त कोहि प्रहरी माथी छानबिन तथा कार्बाही गरियो ; न त कुनै तस्कर लाई समातेर अनुसन्धान नै गरियो ।

यस घटनाक्रमा लाई हेर्दा प्रहरी र प्रशासन कै मिलेमतोमा तस्करी भैरहेको आम जनताले आकलन गरेका छन । यस बिषयमा उक्त तस्करिमा संलग्न्न महिलाहरु लाई सोधी अनुसन्धान गर्नासाथ बास्तबिकता सबै बाहिर आउछ । तर सबै निकय करिब महिना दिन पुग्न लाग्दा समेत मौन देखिन्छन । यस बिषयमा सशस्त्र प्रहरीका Sp अशोक बम लाई फोन सम्पर्क गर्दा उनी भन्छन “तस्कर अझै भेटेको छैनौ ” । र जिल्ला प्रहरी कार्यालयका Sp  ओम राना सङ फोन सम्पर्क हुन सकेन ।

नोट :तस्करी भइरहेको भिडियो Banke update Youtube मा हेर्न सक्नु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख