
बैशाख-६, बाँके ।
✍️बिजय काफ्ले
जिल्ला प्रशासन कार्यालय बाँके बाट कोरोना रोकथामका निम्ति जारी गरेको निर्णय कागजमा मात्र सिमित भएको छ ।
कोरोना रोकथाम गर्न भन्दै बैशाख २ गते बाँके जिल्लाका विभिन्न निकाय बिच एक बृहत छलफल भएको थियो । जुन छलफलमा विभिन्न ८ वटा निर्णय सहित बाँके जिल्ला प्रशासन प्रमुख शिबराम गेलालको हस्ताक्षरमा एक बिज्ञप्ति जारी भएको थियो।
जुन बिज्ञप्तिको निर्णय नम्बर २ मा सिमा नाकामा आवत जावत पुर्ण रुपमा रोक लगाउने भनिएता पनि विभिन्न बहानामा तस्कर देखि समान्य ब्यक्ती ओहर दोहर गरिरहेका छन। कोहि सिधै सिमा बाट सशस्त्र प्रहरि र नेपाल प्रहरी लाई फकाइ फुलाइ अघाडि बाट नै आवत जावत गरेको भेटिएको छ भने कोहि बैकल्पिक बाटो हुँदै आउने जाने गरेका छन। तर सो बैकल्पिक बाटो जमुनाह सिमाना मा नै खटिने प्रहरिले देखाउने गरेको दृश्य हामिले फेला पारेका छौ ।
बैकल्पिक बाटो अर्थात चोरी बाटोमा सशस्त्र प्रहरीको पोशाक मै ड्युटी भएता पनि उनिहरु देखे नदेखे झै गरि तस्कर र मानिषहरुलाई भारत आउन जान मद्दत गर्ने गरेको हाम्रो प्रत्यक्ष अवलोकनमा भेटिएको छ ।
त्यसैगरी निर्णय नम्बर ३ मा रात्रि ब्यवसाय,खेलकुद,जिम,सार्बजनिक पुजाआजा,सभा,सम्मेलन बैठक तथा भेलाहरु,सिनेमा हल,पार्टी प्यालेस,स्विमिङ पुल फनपार्क लगाएतका मनोरञ्जन स्थलहरु अर्को सुचना नभए सम्म बन्द गर्ने साथै साझा ७:०० बजे पछि सबै रेष्टुरेन्ट तथा क्लबहरु बन्द गर्ने भनि निर्णय भएको थियो तर यो कागजि नियम तथा निर्णयमा मात्र सिमित रहेको देखिएको छ ।
फन पार्कहरु बन्द भनिएता पनि विभिन्न बहानामा खुलिरएको स्रोतले जनाएको छ । त्यसैहरु जिल्ला प्रशासनले आफै ले रेष्टुरेन्टहरु साझा ७:०० बजे बाट बन्द गर्ने निर्णय गरेता पनि न त कुनै अनुगमन गरिएको छ; न त रेष्टुरेन्टहरु बन्द नै भएका छन ।
यसरी अन्य विभिन्न निर्णयहरु समेत कार्यान्वयन हुन सकेको छैन। बाँकेका C.D.O को बिलासिनता तथा समन्धित निकाएको लापरबाहीका कारण कोरोनाको हटस्पट बनेको बाँकेमा जिल्लामा जिल्ला प्रशासन कै निर्णय कार्यान्वयन नहुनु एक गम्भीर र लज्जास्पद बिषय हो ।
कोरोना संक्रमण बाट यो समाचार तयार पार्दा सम्म ६१ जनाको बाँकेमा निधन भैसकेको छ। तर प्रहरी,प्रशासन र समम्धित निकाय भने तै चुप मै चुप को अबस्थामा देखिन्छ्न । यस्तो कोरोना महामारीको अबस्थामा आफुलेको गरेको निर्णयमा समन्धित निकाए चनाखो भइ कार्यान्वयन गराउने अति आवश्यक छ ।