१२ पुस,

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आज उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलब ६५ विन्दुमा पुगेको हो ।

शेयर बजारमा गिरावट आए पनि कोरोबार रकममा भने बृद्धि भएको छ । आज ५ अर्ब ६० करोड ७४ लाख बराबरको कारोबार भएको छ ।

आज शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा गोर्खाज फाइनान्स र मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेका छन् ।

यस्तै जोशी हाइड्रो र घलेम्दी हाइड्रो कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३० करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख