
१७ बैशाख,
बाँके — जिल्लाको कोहलपुर नगरपालिका–७ लखनावार क्षेत्रबाट अवैध रूपमा बालुवा उत्खनन् तथा ढुवानीमा संलग्न एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उक्त ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दीपक पातलीका अनुसार अवैध उत्खनन् तथा ढुवानी नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएको छ। यस प्रकारका गतिविधि रोक्न कडाइका साथ कारबाही अगाडि बढाइने उनले बताए।








