
८ पुस,
सेयर बजारमा आज विहिबार पनि हरियाली छाएको छ ।
नेप्से परिसुचक १२.५३ अंकले बढ्दै २५ सय २०.२३ बिन्दुमा उक्लिएको हो । गत बुधबार ९२ अंक माथिले नेप्सेमा वृद्धि आएको थियो ।
साताको अन्तिम कारोबारको दिन आज डेभलपमेन्ट बैंक, हाइड्रो पावर र फाइनान्स बाहेकका अन्य सबै उपसूचक धनात्मक भएका छन् ।
आज सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक ३.५६ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम हाइड्रोपावर समूहको ०.६७ अंकले ऋणात्मक भएको छ ।
नेप्से सुचक १२ अंक माथिले बढेको बजारमा आज कुल ४अर्ब ४९ करोड दुई लाखको कारोबार भएको छ ।





