
५ पुस,
साताको पहिलो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको दोस्रो घण्टामा हरियो बत्ती बलेको छ ।
नेप्से परिसुचक २.७१ अंकले बढेर २३७९.४५ को बिन्दुमा पुगेको छ ।
सो अवधीसम्म नेप्सेमा २१६ कम्पनी कारोबारमा आएका छन् । कारोबारमा आएका कम्पनीको २४ लाख ७३ हजार ९८९ कित्ता शेयर १७ हजार ३६२ पटकको कारोबारमा १ अर्ब २३ करोड ३८ लाख बराबरको शेयर कारोबार भएको छ ।





