
२२ मंसिर,
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) निरन्तर घट्दै आएको आज बुधबार पनि ५३ अंकले घटेको छ ।
आज ५३ अंकले घटेसँगै नेप्से परिसूचक २४ सय ५५ अंकमा आइपुगेको छ । यसक्रममा आज २ अर्ब ६६ करोड रुपैयाँ बराबरको ६५ लाख कित्ता सेयर किनबेच भएको छ ।
नेप्से परिसुचकमा गिरावट आए संगै सबै समुह राताम्मे बनेको छ । निर्जीवन बीमा कम्पनी समूह सबैभन्दा बढी २३५ अंकले घटेको छ भने जीवन बीमा समूह २९४ अंकले घटेको छ ।
यस्तै उत्पादनमूलक समूह १७०, विकास बैंक १५१, लघुवित्त १२५ र व्यापार समूहमा ९९ अंकको गिरावट आएको छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ८.५४ प्रतिशतले घटेको छ । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०९ रुपैयाँले घटेर ११ सय ६८ अंकमा आइपुगेको छ ।





