
१९ मंसिर,
साताको पहिलो दिन आइतबार नेप्से परिसुचक ७२ अकंले घटेको छ । ११ बजे खुलेको बजार ७२.३० अंकले घटेर ३ बजे बन्द भएको छ ।
आइतबार कुल ६० हजार ८८ पटक २२६ कम्पनीको कारोबार भएको छ । यस कारोबारबाट ८९ लाख २० हजार ८ सय ९४ कित्ता शेयर किनबेच भएको छ ।
यस्तै, आइतबार ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३ सय २५ को कारोबार भएको छ । कारोबारमा रहेका सबै समूहको परिसूचक ओरालो लागेको छ। यसमध्ये वित्त, व्यापार, लगानीसहितका क्षेत्रमा रहेका कम्पनीको मूल्यमा सबैभन्दा धेरै घटेको छ ।
गत साताको अन्तिम दिन बिहीबारको सूचक ४९.०४ अंकले घटेर परिसूचक २५ सय ८४.६१ बिन्दुमा रोकिएको थियो । बिहीबार ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँको सेयर किनबेच भएको थियो ।





