
कार्तिक १९ गते, बाँके ।
कोहलपुर निबासी बुवा बाल जंग शाह र आमा भवानी शाहका कान्छा छोरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टि कोहलपुरका नगर अध्यक्ष अर्जुन जंग शाहका एक मात्र प्यारो भाइ युवराज शाह (राजु) को ३६ बर्षको उमेरमा कोभिडका कारण अमेरिकामा यहीँ गएको असोज ८ गते मृत्युु भएको थियोे ।
दशै तिहारमा नेपाल आउने भनी टिकट लिइसकेका राजु एकासी ज्वरो , रुगा लागे पछि चेकअप गर्दा कोरोना भइ अस्पतालमा भर्ना भएका भाइ राजुको निधनले शाह परिवार शोकमा ढुबेको छ । मेरो एकमात्र आत्मिय प्यारो मिनलसार भाइ युवराज शाह दाजु अब छिट्टै नेपाल आउदै छु भनेको भाईले एक्कासि निधनको खबरले म लगायत सम्पूर्ण हाम्रो परिवार स्तम्भ भएको दाजु अर्जुन जंग शाहले बताउनु भयो ।
असोज ८ गते मृत्यु भएका राजुको अनेक समस्या र बाधा अनरुप बिच पनि राष्ट्रिय प्रजातन्त्र पाटी र अमरिकामा रहेर सहयोग गर्नुहुने विभिन्न सरकारवाला र सहयोगी मनकारीहरुको सहयोगले यहीं कार्तिक २१ गते काठमाडौं आइपुग्ने र २२ गते कोहलपुर आफ्नै निवासमा ल्याइ २२ गते नै राप्ती अगैयामा दास संसार गर्ने दाजु अर्जुनले बताएका छन।








